२०८१ आश्विन १५ , मंगलबार

अबैध लत्ताकपडा र समान बरामद

सुनाखरी न्युज/ मोरङ। मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले अबैध लत्ताकपडा र सामान बरामद गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाका आधारमा विराटनगर महानगरपालिका-७ स्थितबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी तथा राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा बिभिन्न प्रकारको लत्ता कपडा लुकाई छिपाई राखेको १५ लाख १ हजार ७ सय मुल्य बरावरको सामान बरामद गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको छ ।

 

बिराटनगर-१६ स्थितबाट ४ लाख ९ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।