सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार परिसूचक नेप्सेमा लामो समयको करेक्सनपछि मंगलबार दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.३७ अंकले बढ्दै २३ सय ५७.२४ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक अधिकतम ४१ अंकले घट्दै २३ सय ४३ अंकमा अडिएको थियो । तर यस दिन दोहोरो अंकले सूचक बढेपनि कारोबार भने बढ्न सकेन । १३ अंकमाथिले बढेको नेप्सेमा जम्मा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
यद्यपि, आज १३ वटै उपसूचकहरु धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक अधिकतम १.०४ प्रतिशतले बढेको छ भने अन्य १२ वटा समूहको उपसूचक ०।०४ प्रतिशतदेखि ०।८२ प्रतिशतसम्मले बढेका छन् ।