सुनाखरी न्युज/ काठमाडौं। सिंगापुरको ध्वजावाहक वायुसेवा कम्पनी सिंगापुर एयरलाइन्सले आजदेखि काठमाडौं उडानमा उच्च गुणस्तरीय क्याविन सामाग्रीप्रयोग सुरु गरेको छ।
यात्रुहरुलाई उडानका क्रममालग्जरी सेवा र अनुभवदिने उद्देश्यले यो सेवा सुरु गरेको एयरलाइन्सले जनाएको छ। क्याबिन सामाग्रीमामात्रै कम्पनीले २३ करोड रुपैयाँखर्च गरेको जनाएको छ।’तीनवर्ष देखिको अथकप्रयाससँगै यात्रु र साझेदारको सुझावअनुसार हामीले आफ्नो क्याविन सेवालाई विस्तार गरेकाहौँ। अबहामी छोटो र लामो दुरी यात्रागर्ने यात्रुलाई फुल सर्भिस नेटवर्क सहित प्रिमियम सेवा दिन सक्नेछौँ।’ कम्पनीका कार्यकारी उपाध्यक्षलिकह्सिनले भने।’हवाई यातायात सामान्य अवस्थामा फर्किए सँगै अबयात्रुले हाम्रो अन्तर्राष्ट्रिय स्तरको सेवालिन सक्नेछन्।’हाल गरिएको बिस्तार नेपालस्थित यात्रुहरुका लागि यात्रामा अविस्मरणीय अनुभव दिलाउन महत्वपूर्ण रहने एयरलाइन्सका नेपालस्थित कार्यालयका महाप्रवन्धक मेल्भिन टानले बताए। ’सिंगापुर काठमाडौं रुटमा यात्रा गर्नेहरुका लागि हालको विस्तार उत्साहप्रद रहनेछ।’ महाप्रवन्धक टानले भने।
कम्पनीले तीन दशकयता नेपालको पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान पुर्याउँदै आएको जिएसए एभरेष्ट एक्सप्रेस इन्टरनेशनलका अध्यक्ष आरआर पाण्डेले बताए। ’सन् १९८७ देखि कम्पनीले नेपालको पर्यटन र उड्डयन क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएको छ। कम्पनीले हाल यात्रु लाई अझ सुविधाजनक यात्रा दिनका लागि गरेको यो बिस्तारबाट हामीअसाध्यै खुसी छौँ।’ अध्यक्ष पाण्डेले भने। कम्पनीले आफ्नो बोइङ ७३७–८ सिरीजको जहाजमा १० वटा विजनेस र एक सय ४४ वटा इकोनोमी गरी कुल एक सय ५४ वटा सिटमा लक्जरीलाई ध्यानमा राख्दै अत्याधुनिक सामाग्री समावेश गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। कम्पनीका अनुसार काठमाडौं उडान गर्ने जहाजमा राखेको सिटको डिजाइन लण्डनस्थित फ्याक्ट्री डिजाइनले तयार पारेको हो भने आयरल्याण्डस्थित कम्पनीथम्पसन एरो सिटीङले यी सामाग्रीहरुको उत्पादन गरेको हो।
जहाजको इकोनोमीक्लासमा स्लिक र स्लिम लाइन सिटको पछिल्लो संस्करण समावेश गरिएको जनाइएको छ। यो सिटकोलिन एरो स्पेसले उत्पादन गरेको हो। इकोनोमीक्लासमापनि हरेक यात्रुले उच्चस्तरको सेवालिन सकुन् भन्ने उद्देश्यले यो विस्तार गरिएको कम्पनीले जनाएको छ। यात्रु लाई मनोरञ्जन दिनका लागि जहाजमा पानासोनिकको एक्स सिरीज इनफ्लाइट इन्टरटेनमेन्ट सिस्टम जडान गरिएको छ। यसबाट यात्रुहरुले क्रिसवर्ल्ड इन्टरटेनमेन्ट कन्टेन्टहरु हेर्न सक्नेछन्। जहाजमा पानासोनिककै वाइफाइ र मोवाइल डाटा कनेक्टिभीटी उपलब्ध रहेको बिज्ञप्तीमा उल्लेख छ।