२०८१ आश्विन १४ , सोमवार

डब्ल्युएचओका महानिर्देशक आज नेपाल आउदै

सुनाखरी न्युज/ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज (बिहिबार) नेपाल आउदै छन ।

 

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिहिबार मध्ह्यान साढे १२ बजे काठमाडौं आइपुग्ने छन । महानिर्देशक गेब्रेयससका साथमा डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र अन्य अधिकारीहरू समेत नेपाल आउने भएका छन ।

 

तीनदिने भ्रमणका क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे छ ।