सुनाखरी न्युज/ काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्षको उपलक्ष्यमा मनोरञ्जनात्मक कार्यक्रम ‘मिस्टर ह्याप्पी टुर २०७९’ आयोजना गरिरहेको छ।
‘सम्बन्ध तपाईं हाम्रो बीचको होस् वा परिवारबीचको वा निर्माण सामग्रीबीचको, पकड, मजबुत अनि अटुट हुनुपर्छ,’ भन्ने नारासहित यो कार्यक्रम गरेको हो। टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’का निर्माता तथा प्रस्तोता सन्दीप क्षेत्रीको सहभागितामा सिमेन्ट उत्पादन गर्न देश मै पहिलोपटक भीआरएम प्रविधि भित्र्याएर प्रयोग गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट भएको दाबी कम्पनीको छ। साे कम्पनीले आफ्नै खानीको चुनढुंगा र विद्युत प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्दै आएको छ।
सिमेन्टको उत्पादन तथा प्रयोग बारे उपभोक्ताहरुले बुझ्न जरुरी भएको भन्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा टुर आयोजना गरेर सुझावसमेत समेटिएको कम्पनीले जनाएको छ। २०७९ वैशाख ३ गते शनिबार पोखराका चिप्लेढुंगाबाट सुरु भएको टुर भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको बीपी चोक हुँदै भोलि शुक्रबार साँझ ५ बजे जनकपुरको जानकी मन्दिरमा सञ्चालनसहित सम्पन्न हुने बताइएको छ।