२०८१ आश्विन ७ , सोमवार

राष्ट्रपतिसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसको भेट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

 

राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नेपालले सञ्चालन गरेको खोप अभियानको प्रशंसा गर्नुभएको छ । यसैगरी महामारीका बेला विश्व स्वास्थ्य संगठनले नेपाललाइ पुर्‍याएको सहयोगका विषयमा पनि छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

यसैगरी आजै महानिर्देशक टेड्रोसले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवा र डब्लुएचओ प्रमुख टेड्रोस बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेपालले कोरोना महामारीका समयमा अवलम्वन गरेको स्वास्थ्य नीति र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।