सम्झना आउछ तिमिसँग भएको पहिलो दिनको भेटको
तिमि सँग कुराकानि भएको त्यो रमाईलो क्षणको
भेटन हामिले गर्थ्यौ गाउँ भन्दा तलको त्यो चौतारामा
आफ्नो भन्नु तिमि नै छौ त्यसैले त डेरा गर्यौ मेरो दिलमा ।
तिमिले दियौ साथ जिन्दगिका पलपलमा
सयौ जुनि सँगै बाच्ने कसम खायौ हामिले मन्दिरमा
सधै तिमि मेरो सामु भइदिए हुन्थ्यो जस्तो लाग्छ किन
तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो प्रश्न गर्छौ किन ।
तिमि सँग टाढा भएर बस्न कहिले नपरोस
तिम्रो याद आउदा तिमि सँग भेट गर्न पाईयोस
तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ
तिम्रो यादमा मलाई दुई शब्द लेख्न मन लाग्छ ।
मलाई जस्तो तिमिलाई पनि भेटन मन लाग्यो होला
पहिलो भेट भएको समय तिमिलाई याद आउला ।
नाम : गोबिन्द राज ओझा
ठेगाना : दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल,डोटी, नेपाल