२०८१ आश्विन १५ , मंगलबार

मुलुक भर व्यापक चुनावि चहलपहल

तारा वस्नेत – सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरे संगै मुलुक भर व्यापक चुनावि चहलपहल वढेको छ।वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा भाग लिन सवै दल तयार छन।

 

गत महाधिवेशन वाट राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र को पक्षमा थप स्पष्ट हुदै नया नेतृत्व सहित अायको राप्रपा देश भर अाफ्नो अभियान संचालनमा व्यस्त छ। राप्रपाले लियको ऐजेन्डा राजा सहितको प्रजातन्त्र र हिन्दुराष्ट्र को पक्षमा जुन लहर देखियको छ त्यसले कार्यकर्ता हरुमा नया जोस र उत्साह थपियको छ।मुलुकमा राजसंस्था को अावश्यक छ त्यो राप्रपाले निस्वार्थ भनिरहेको छ।धर्म निरपेक्ष लाइ डाडा कटाउदै नेपाल लाइ हिन्दु राष्ट्र घोषणा गराउन पर्छ यसको पक्षमा राप्रपा ले व्यापक जनमत श्रृजना गराउदै छ।

चार जात छत्तीस वर्णले भरियको यो मुलुकमा संविधान भित्रको राजा जसले शासन हैन देश र जनताको संरक्षण गर्छ अाज त्यो हिजो भन्दा वढि अावस्यक भयको छ।पश्चिमा हरुको धर्म प्रचारको अभियान नेपालमा व्यापक हुदै छ।यसलाई रोक्न पनि नेपाल हिन्दुराष्ट्र हुनु जरुरि छ।

 

मुलुकमा प्रजातन्त्र लाइ स्थाइ वनाउन र देशको अर्थतन्त्र वलियो वनाउदै नेपाली जनताको मुहारमा उज्यालो घाम लाग्ने दिनको परिकल्पना यो निर्वाचन वाट गर्न सकिन्छ।राप्रपा लाइ यो निर्वाचनमा वढि भन्दा वढि स्थानमा जिताउन सकियो भने अाउदो संसदिय निर्वाचनमा राप्रपा स्थापित हुन्छ।त्यो संसदीय निर्वाचनको परिणाम ले मुलुकको भाग्य र भविस्य निर्धारण गर्छ। त्यसैले अाजको दिनमा नातावाद,कृपावाद र चाकडीवाद वाट पार्टी लाइ पर राख्नु अावस्यक छ।राप्रपा लाइ यतिबेला कार्यकर्ता सहितको नेता चाहियको छ।नातावाद,कृपावाद र चाकडिवाद ले पार्टी लाइ धरासाहि वनाउछ।

 

यो यथार्थ लाइ मनन गरेर यो स्थानीय चुनावमा मैले टिकट पाय नि जित्छु अर्काले पाय नि जिताउछु भन्ने उदेश्य सहित हिडने कार्यकर्ता माहान हुन्छन। जय राष्ट्रवाद।