सुनाखरी न्युज/ काठमाडौँ । पेप्सीले नेपाली उपभोक्ताहरु लाई यो गर्मी मौसममा स्वाएग संगै रिफ्रेस गराउने भएको छ । ब्राण्ड एम्बेसेडर प्रदीप खड्का रहेको नयाँ प्रचार अभियानले युवाहरुको आत्मविश्वास एवं उनीहरुको निर्भीकताको उत्सव मनाउँछ ।
काठमाडौं, २२अप्रिल २०२२ः यो गर्मीमा पेप्सीले नेपालकायुवाहरुलाई आफ्नो नयाँप्रचार अभियानजसले ब्राण्डको स्वाएगदर्शनलाई पुनःदर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भावदूतप्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ, जुन विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमाप्रदीप खड्काको रमाइलो पक्ष र चतु¥याईंलाई प्रस्तुत गरेको छ ।
यो नयाँ विज्ञापन पनि हर घुँटमा स्वाएग छ कै विस्तारित रुप हो र यसले पेप्सी सद्भावदूतप्रदीप खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरुसंग खानाखाइरहेको देखाउँछ । साथीहरु सबैले हातैले खानाखाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरु सबै बाहिरी दुनियाँसंग साक्षात्कार हुनु पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ । उसले कतिवर्ष बितिसक्दापनिउनीहरुले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ । यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएगलिएर साथीमाअहिले पनिपहिले झैं सबैलाई सताउने बानीबाँकी नै रहेको सुनाउँछ । यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमागएर रोकिन्छ र पृष्ठभूमिमा हर घुँटमा स्वाएग छ को धूनगुञ्जिरहन्छ ।
विज्ञापन शुभारम्भको अवसरमाआफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीबपुरिले भन्नु भयो “पेप्सी सधैं नै युवा पुस्ताहरुको रोजाई बन्दै आएको छ र नेपालमाअत्यन्त रुचाइएको कोला पेयहरु मध्येको एक हो । पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बितगर्दछ । प्रदीपको उपस्थिति र उनको स्वाभाविक अभिनयले विज्ञापनको उचाई बढाएको छ, र आजका पुस्ताको आत्मविश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमाहामीविश्वस्त छौं ।”
प्रचार अभियानको बारेमाआफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडरप्रदीप खड्काले भन्नु भयो “पेप्सीको स्वाएगदर्शन मसंग सधैं नै प्रतिध्वनितहुने गरेको छ । ब्राण्डको कठोर अवस्थाले यसलाई आजकायुवाहरुसंग अत्यन्त सान्दर्भिक बनाइदिएको छ । यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो । म निर्धक्क छु कि मेरा प्रशँसकहरुले यो नयाँ विज्ञापनलाई पनिमाया गर्नु हुनेछ र चिस्सो, रिफ्रेसिङ्ग पेप्सीको साथमायसको मज्जालिनु हुनेछ ।” युवानयाँ पेप्सी टिभिसि टिभि, डिजिटल, आउटडोर र सोसल मिडियामार्फत् व्यापक रुपमा देखाइनेछ । पेप्सी नेपालका सबै आधुनिक डिपार्टमेन्टल स्टोरहरु तथा परम्परागत पसलहरुका अलावा इ–कमर्स प्लेटफर्महरुमा सबेत एकजनालाई र धेरैजनालाई पुग्ने प्याकहरुमा उपलब्ध छ ।