२०८१ आश्विन ६ , आइतवार

काठमाडौं महानगरका मेयर आकांक्षी बालेनको २८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। आइतबार बिहान एक कार्यक्रमबीच शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

 

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गरी प्राविधिक शिक्षामा जोड दिने बताएका छन्। स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गर्ने र ७० वर्ष माथिका वृद्धवृद्धाको घरमै निःशुल्क स्वास्थ्य परीक्षण गरिने उनले बताएका छन्।

 

त्यसैगरी, शाहले शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनर्निर्माणका कार्य गरिने बताएका छन्। साथै, सार्वजनिक तथा महानगरीय यातायात व्यवसीथत गरिने उनको भनाय छ। शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने उनलेब ताएका छन्।

यस्तो छ बालेनको चुनावी प्रतिबद्धता