२०८१ आश्विन १५ , मंगलबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सुनाखरी न्युज/ भोजपुर

आमचोक गाउँपालिका-४ राङगाटुङ बस्ने रितुमान राईको घरमा सोलार सर्ट भई आइतबार बिहान आगलागी हुँदा सुनका गहना, लत्ताकपडा, अन्नपात्त, फर्निचरको सामग्री र सोलार प्यानल सेट समेत जलेर करिब ८ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

बर्दिया – मधुवन नगरपालिका-४ बस्ने लालबिर विकले आइतबार दिउँसो आफ्नै खेतमा रहेको गहुँको नलमा लगाएको आगो फैलिएर सोही ठाउँ बस्ने प्रेम बहादुर चौधरी र प्रमेश्वर ओलीको २० कठ्ठा १० धुर खेतमा लगाएको गँहु बाली जलेर नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाबारे सोधपुछको लागि लालबिर विकलाई नियन्त्रणमा लिएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।