२०८१ मंसिर ९ , आइतवार

यसकारण आउँछ आँखामा आँसु

सुनाखरी न्युज/ काठमाडौं –

कहिलेकांही हाम्रो आँखा यत्तिकै रसिलो बनिदिन्छ । कहिलेकांही हामीलाई के भएको छ भन्ने थाहा नहुँदै पनि आँखाबाट आँसु चुहिएको हुन सक्छ । अनि हामी सोच्छौँ, मेरा आँखा किन रसाए ? आँखाबाट आँसु किन आयो ?

 

आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ। र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट बाहिर आउँछ । आँखाको सेतो भागमा पनि यसरी नै पानी सप्लाई हुन्छ। यसका साथै नाकलगायत शरीरका अन्य भागमा पनि प्वालका माध्यमबाट पानी सप्लाई हुने गर्छ। त्यस्ता प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्छ ।

 

आँसुमा हुने पदार्थ जस्तै– नुन, तेलको ब्यालेन्स नमिल्दा पनि आँखाबाट अनावश्यक पानी बग्ने गर्छ। जसका कारण हाम्रो आँखा सुक्खा हुने समस्या पनि हुन्छ। विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ। यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ । एजेन्सी