२०८१ मंसिर ८ , शनिवार

नेप्सेमा ३४.९५ अकंंको गिरावट

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३४.९५ अंकले घटेर दुई हजार ३ सय ८६ दशमलब ०१ विन्दुमा रोकिएको हो ।

त्यस्तै, आइतबार नेप्से ९५.४६ अंकले बढेर दुई हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको थियो । नेप्सेमा आज दुई अर्ब ४ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८५८.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज सेन्ट्रल फाइनान्स, तारागाँउ रिजेन्सी होटल र मैलुङखोला जलविद्युत्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण येभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ८१ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।