सुनाखरी न्युज/ काठमाडौं –
टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ । लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।
कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ । स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ । कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो । कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा चालकरहित गाडी चलाउन सक्छन् ।
यात्रीले Pony.ai को एपबाट राइड बुक र रकम भुक्तानी गर्न सक्छन् । Pony.ai ले अमेरिका र चीनमा आफ्नो चालकरहित प्रविधिलाई सार्वजनिक सडकमा परीक्षण गरिरहेको छ । एजेन्सी