२०८१ आश्विन ६ , आइतवार

प्रिय निता, मिठो सम्झना !!!

गोबिन्द राज ओझा

–खै सुरुवात पनि कहाँबाट गरौं, सुरुवात गर्ने शब्द नै छैन् । प्रिय कान्छु तिम्रो सम्बोधनमा कति मिठास छ कति आदर छ कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन । कुशल छु र कुशलताकै कामना गर्दछु । सम्झनाका तरेलीहरूमा तरङ्गित शब्द माला उनिरहेको छु । हजुरलाई बिर्सन त कहिले पो सकेको थिएँ र न सकेको छु अनि न सक्ने छु । तिमीलाई कस्तो छ? आरामै छौ होला, आरामसहितको कामना गर्दछु । तिम्रो सम्झना आएर आज यो पत्र लेख्ने हिम्मत गर्दैछु, स्वीकार ल ।

 

कुन शब्दले सम्बोधन गर्ने , नेपालि शब्दकोषमा पनि शब्द खोज्न सकिराखेको छैन । कोरा कागजमा कलमको सहायताले मेरा यी कोमल हातहरु थर्थराउँदै पवित्र प्रेम अगाडि बढ्दछन् । प्रिया, मैले त हजुरको सम्झनामा सच्चा प्यारको आसुँ बगाएको छु ,कहाँबाट सुरु गरु कहाबाट कसरी अन्त गरु मेरा मनका भावनाहरु ,मैले हजुरलाई धेरै माया गर्छु । कहाँ बाट यो मनमा मायाको मुल फुट्यो त्यो कुरा त थाहा छैन । हजुरले त भुलीसक्यौ होला मेरा रंगिन सपनाहरु हजुरबाट पुरा हुन्छ भन्ने आशा गरेको थिए । हजुरको सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ । मेरो मनकि राजकुमारि यो दिलको चोखो माया केवल हजुरलाई । तिमि सँग पहिलो पटक भेट हुदा यि तिम्रा ति नयनमा मात्र मेरा नजरले हरेको थिए । हिडदै बाटोमा दुई अपरिचित व्याक्ति बिच कुराकानि भएको त्यो क्षण र गन्तव्य पुगेर बिदाईका हात हल्याउदै हिडेका थियौ । त्यो तिम्रो हेराई , कुरा गराईले मेरो मनमा तरङग पैदा भयो । अनेक कल्पनामा गरि आफैले आफै सँग प्रश्न सोधे ? यो मनमा उत्पन्न भएको चाहनाको बारेमा धेरै सोचे । कसरि मेरो हृदयमा तिम्रो बास भएको छ ? तिम्रो मिठो मुस्कानले होला यो मेरो मनलाई मोहित पारेको छ । मेरो मनमा तिमि छौ । मेरो मनको भावनालाई तिम्रो सामु छर्लङग पार्न यो पत्र लेख्दै छु ।

आज म यो मन्दिरमा बसि कसम खादैछु । यो जिन्दगी हजुरलाई समर्पण गर्दैछु । यो जगतमा म रहन्जेल तिमिलाई माया गरिरहन्छु । हजुरको दिलमा बास गर्न ठाउँ मागिरहेको छु । जिवनमा सँगै सहयात्रि भएर भुमिका निर्वाह गर्ने अवसर प्रदान गर्नेछौ भन्ने आशामा छु । हजुरको दिलबाट चोखो मायाको अपेक्षा गरेको छु । हजुरको सुन्दर बोलिले मोहनीले मन भुलाएको छ । हजुर बिनाको जिन्दगि कल्पना गर्न नसकेर मायाको भिक्षा मागिरहेको छु । हजुरको रुप र त्यो हिडाई सधै हेरिरहु लाग्छ । त्यो सुन्दर रुप देखेपछि यो मनमा अनेक भावना हरु आउन थाले । चन्द्रमुखि मुहार तिम्रो सधै सम्झना आईरहन्छ । हजुर बिनाको जिबनको कल्पना गर्न सक्दिन मैले । हजुरले बुझ्नुहुन्छ मेरो प्रेमलाई मेरो यो दिल देखि गरेको माया स्विकार गर्नुहुन्छ । वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम मन भित्रको चोखो भावना तथा हृदयको चाहना हो । मेरो प्रेम व्यक्त गर्न यो पत्रको साहयता लिदैछु । हजुर आफ्नो निर्णय आफै गर्न सक्नुहुन्छ । हजुर वास्तबमा सच्चा, हजुर आफ्नो छातीमा हात राख्नु र भगवानको नाम सम्झेर मलाई भन्नु त अव म के गरूँ । हजुर आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध्नु आफुलाई र इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हुनुहुन्छ । हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई दिनु ।

म हजुर उत्तरको प्रतिक्षामा कुरिरहने छु । तिमी प्रतिको मेरो माया म यो घर्तीमा रहुन्जेल सम्म कहिल्यै अस्ताउने छैन र कमि पनि आउने छैन । किनकि मैले त तिमीलाई मन मुटुमा राखेको छु तर यसको मतलब यो होइन कि तिमी नै मेरो जीवनमा आउनु पर्छ । आएनौ भने म तिम्रो मायामा पागल झै तडपिने पागल प्रेमी चाहिँ पक्कै होइन । तिमी बिनाको मेरो जीवन पानी बिनाको माछा सरह छ । तिमीसँग छुट्टिएर अर्को दुनियाँ

बसाउने म कल्पनासम्म पनि गर्न सक्दिन । हर रात ,हरक्षण तिम्रो सम्झनाले सताउने गर्दछ । मेरो मनको चाहना बुझेर मलाई भेट्न आउने छौ । म तिम्रो पर्खाईमा बसिरहेको छु । तसर्थ आज हजुरको यादमा यी हरफहरु लेख्ने जमर्को गरेको छु । हर रात ,हर क्षण तिम्रो सम्झनाले सताउने गर्दछ । तसर्थ आज हजुरको यादमा यी हरफहरु लेख्ने जमर्को गरेको छु हजुरको सहयात्री म अन्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि विदा चाहन्छु!!

 

तिम्रै प्रतीक्षामा बसिरहेकी तिम्रो अदृश्य प्रेमिका,

 

लेखक (रचनाकार)
नाम – गोबिन्द राज ओझा
ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल