२०८१ आश्विन १५ , मंगलबार

पत्रकार न्यौपानेलाई इन्जाद्वारा १ लाख सहयोग हस्तानतरण

सुनाखरी न्युज/ काठमाडौं –

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनु भएका बरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपिया सहयोग हस्तानतरण गरेको छ ।

 

इन्जा एसियाका उपाध्यक्ष समेत रहनु भएका बरिष्ठ पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत हुनुहुन्छ । टिचिङ अस्पतालमा उपचार गराइरहनु भएका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गर्नु भएको थियो । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी गराउनु भएको छ ।

 

अध्यक्ष लुइटेलले बरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । रकम हस्तन्तरण पछि बरिष्ठ पत्रकार न्यौपानेले इन्जाले आफुलाई सहयोग गरेको धन्यवाद ज्ञापन गर्नु भएको थियो । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।