२०८१ पुष ११ , बिहिवार

कतार एयरवेजद्वारा “क्यूभर्स” भर्चुअल रियालिटीका साथमा विश्वकै पहिलो मेटाह्यूमन क्याविन क्रु, ‘मेटाभर्स’ प्रवेश

सुनाखरी न्युज/ काठमाडौं । कतार एयरवेजले क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको वेभसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो । एयरलाइनको वेभसाइटको माध्यमबाट आफ्नै नीजि विद्युतिय उपकरण (पीईडी) मार्फत प्रयोगकर्ताले अब हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए)को प्रिमियम चेक इन क्षेत्र, एयरलाइनको विमान भित्रको क्याविन इन्टेरियर तथा इकोनोमी क्लास क्याविनको भर्चुअल यात्रा तथा अवलोकन गर्न सक्नेछन् । कतार राज्यको राष्ट्रिय क्यारियर, मेटाह्यूमन क्याविन क्रु, डिजिटल अन्तरक्रियात्मक यात्रु अनुभव प्रदान पहिलो ग्लोबल एयरलाइन हो ।

 

‘भौतिक सिमानालाई मेटाभर्सले बृहत्त मात्रामा चुनौति दिन सुरुगरी रहेको अवस्थामा यात्राका पारखीहरुका लागि हाम्रा अवार्ड विजेता उत्पादन तथा सेवाहरुको अभुतपूर्व पृथक अनुभव पस्कन प्रविधि अपनाउन पाउदा हामी निकै उत्साहित छौँ,’ कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिव, महामहिम अकबर अल बाकरले भने, ‘मेटाभर्स मेटाह्यूमन क्याविन क्रु अवलम्बन गर्ने पहिलो एयरलाइनका रुपमा उपभोक्ताका लागि नवप्रबर्तनात्मक अभुतपूर्व अनुभव पस्कने हाम्रो चाहनाको प्रमाणपनि हो । हामी नवीन प्रविधिहरुका साथमा आफ्ना यात्रुहरुको यात्रा सुमधुर बनाउँदै समग्र सन्तुष्टिको यात्रा प्रदान गर्न निरन्तर प्रयासरत छौँ ।’

 

यो अनुभवको विकास इपिक गेम्सको अनरियल इन्जिन, विश्वकै सर्वाधिक उन्नत रियल–टाइम थ्रीडी क्रिएशन टूल र मेटाह्यूमन क्रिएटर, डिजिटल मानव निर्माणका लागि उच्च क्षमता सहितको एक क्लाउडमा आधारित एपको प्रयोग मार्फत गरिएको हो । डिजिटल माध्यमबाट निर्मित ‘सामा’ नाम गरेको थ्रीडी मानव मोडल फिचर गरिएको मेटाह्यूमन क्याविन क्रुको प्रयोग गर्ने कतार एयरवेज नै पहिलो ग्लोबल एयरलाइन हो । अरविक भाषामा सामाको अर्थ आकास हो । यसले प्रयोगकर्तालाई बिजनेस तथा इकोनोमी क्लास क्याविन दूबैका लागि खोजीमा आधारित भर्चुअल यात्रा गराउँदै बर्णित लिपीका माध्यमबाट विभिन्न क्रियाकलाप मार्फत अन्तरक्रियात्मक यात्रु अनुभव प्रदान गर्छ ।

 

विभिन्न अवार्डद्वारा सम्मानित, कतार एयरवेजलाई अन्तर्राष्ट्रिय हवाई यातायात रेटिंग संगठन, स्काइट्रयाक्सले वल्र्ड्स बेष्ट बिजनेस क्लास, वल्र्ड्स बेष्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वल्र्ड्स बेष्ट बिजनेस क्लास एयरलाइन सिट, वल्र्ड्स बेष्ट बिजनेस क्लास अनबोर्ड क्याटरिंग र वल्र्ड्स बेष्ट बिजनेस क्लासब बेष्ट एयरलाइन इन मिडल इस्ट लगायत विभिन्न ५ अन्य उपाधिका साथमा ‘एयरलाइन अफ दि इयर’ घोषित गरेको थियो । एयरलाइनले निरन्तर छैठौँ पटक (२०११, २०१२, २०१५, २०१७, २०१९ र २०२१) यो उपाधी हात पार्दै एयरलाइन उद्योगकै शिर्ष स्थानमा आफ्नो बर्चस्वलाई निरन्तर्ता दिन सफल रहेको छ । एयरलाइनको हब, हमाड इन्टरनेशनल एयरपोर्ट (एचआईए)लाई पनि स्काईट्रयाक्स वल्र्ड एयरपोर्ट अवार्ड्स २०२१मा केही समय अगाडी मात्रै ‘बेष्ट एयरपोर्ट इन दि वल्र्ड २०२१’ उपाधीद्वारा सम्मानित गरिएको छ ।