सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो ।
४ हजार १ सय १९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७ सय ७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।