२०८१ आश्विन ६ , आइतवार

मेरो यो जिन्दगिको दुखान्त प्रेम…

गोबिन्द राज ओझा
मेरो यो जिन्दगिको दुखान्त प्रेम कहानि कसैलाई भनिन

मेरा जिन्दगिका भोगाईका कथाहरु पनि सुनाउन सकिन

 

चोटहरु बिर्साउछु यि झरनाहरु हेरेर आन्नद लिदा

तिमिले मलाई जिन्दगि जिउने साहरा दिदा

यो मनले सम्झेर तिमिलाई हेरेर बसि दिदा

मनको मान्छेलाई सम्झनामा सधै देख्दा

 

यो मेरो जिन्दगिका दिनहरु बितिरहेका छन यसरि

हर विपतिमा मैले तिमिलाई सम्झन्छु बेस्सरि

बिरहि भाकामा गित गाउछु मैले सधै

मुटुमा बोकेका पिडाहरु भुलाउन खोजिरहेछु कहि कतै

 

नाम – गोबिन्द राज ओझा

ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल