२०८१ आश्विन ६ , आइतवार

नेपाली कांग्रेसबाट टोखा ३ को उम्मेदवार बनेका जोशीको चुनावी घरदैलो कार्यक्रममा तल्लीन

सुनाखरी न्युजर काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट टोखा नगरपालिका वडा नं ३ को वडाअध्यक्षमा रमेश जोशीले उम्मेदवारी दिनुभयको छ । जनताको सेवामा निरन्तर तल्लीन रहेका जोशीले उम्मेदवारी दिए लगतै वडा बासीमा खुशी छाउन थालेको स्थानीय बताउछन् ।

 

आसन्न स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राख्दै टोखा नगरपालिका ३ नम्वर वडा कमिटीले निर्वाचन परिचालन अभियान पनि आरम्भ गरेको छ । मनोनीत वडा अध्यक्षमा रमेश जोशी ले अघि सारेको नेपाली कॉंग्रेस बैशाख १६ गतेबाट टोखा नगरपालिका वडा नम्वर ३ का स्थानीयवासी सामु पुग्ने अभियानको शुरुवात गरेका हुन । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कॉंग्रेसले वडा ३ को सबै सिटमा जित हासील गरेको थियो । यति बेला पनि उक्त सबै सिटमा आफ्ना उम्मेदवार आउनेमा वडा अध्यक्षका उम्मेदवार जोशी विश्वस्त छन ।

 

राजनीतिक कार्यकर्ता को रुपमा अनुभव हासिल गरिसकेका रमेश जोशी को साथमा युवा जोस र उत्साह बोकेका सदस्यहरूमा हरि भक्त श्रेष्ठ, कान्छा नारायण महर्जन, सिर्जना आचार्य र दलित महिला सदस्यमा राममाया नेपाली जस्ता उम्मेदवारका साथ रहेको छ । टोखा ३ को वडा अध्यक्षमा उम्मेदवार भएपछि उनले विकास निर्माण, सुधार, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ, खानेपानी, ढल, पूर्वाधार जस्ता विषय आफुले अघि सारेको बताएका छन । चुनावी घरदैलोको क्रममा वडावासीहरुले नेपाली कॉंग्रेस उम्मेदवारहरुलाई भब्य स्वागत गर्दै विजयको शुभकामना प्रदान गरेका छन् । यस क्रममा वडा अध्यक्षका उम्मेदवार रमेश जोशीले जनताको मत र विश्वासलाई कायम राख्दै जनचाहना बमोजिमकै योजनामा आधारित भएर वडाका सम्पूर्ण कार्यक्रम संचालन गर्ने वाचा गरेका छन् । नेपाली कॉंग्रेसले यस क्षेत्रमा दैनिक बिहान र बेलुका घरदैलो अभियान शुरु गरेको छ ।

 

निर्वाचनलाई मध्यनजर गर्दै मतदाता शिक्षा लगायत विषयमा पार्टी सदस्यहरुहरुलाई स्थानीय स्तरमै परिचालन गर्नका लागि शुक्रवार बाट वडाका विभिन्न स्थानमा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक सिंहराज श्रेष्ठ र यसमा ७१ जनाको सदस्यहरू भएको जानकारी दिएका छन् ।