सुनाखरी न्युज/ काठमाडौं –
भारतको गुजरातस्थित गिर सोमनाथ जिल्लाको एउटा गाउँमा सोमबार बिहान ४ र ३.२ तीब्रताको दुई झट्का महसुुस गरिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
वेरावलबाट २५ किलोमिटर टाढास्थित तलाला गाउँमा आएको यी झट्का पछि मानिस निद्राबाट ब्यूँझिएको र घरबाट बाहिर निस्किएको स्रोतले बताएको छ ।जिल्ला प्रशासनले हताहती र जनधनको क्षतीको खबर नआएको जानकारी दिएको छ । गान्धीनगरको इन्स्टिच्युट अफ सिस्मोलोजिकल रिसर्चले ४.० तीब्रताको पहिलो भूकम्प बिहान ६.५८ बजे आएको थियो जसको केन्द्र तलाल गाउँबाट १३ किलोमिटर उत्तर–पूर्वोत्तरमा थियो ।
आइएसआरले एकबयानमा ३.२ तीब्रताको अर्को एउटा भूकम्प जसको केन्द्र तलालाबाट ९ किलोमिटर उत्तर–पूर्वमा थियो र यो स्थानीय समय अनुसार बिहान ७.०४ बजे आएको थियो । एजेन्सी