२०८१ मंसिर ८ , शनिवार

सेयर बजारमा पहिरो, ४८ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकको पहिरो गएको छ। बजार आज ४८.७३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २३०७.४४ को विन्दुमा झरेको छ।

 

नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो । यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लाग्यो भने नेसनल फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लाग्यो ।

 

२२८ कम्पनीको कारोबार हुँदा १८७ कम्पनीका सेयरधनीले गुमाए । सात कम्पनीको सेयर मूल्य बढ्यो भने प्रुडेन्सियल इन्स्योसेन्सको सेयर मूल्य भने स्थिर रह्यो । सोमबार ३९ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।