२०८१ मंसिर ९ , आइतवार

अचम्मको नदी, जहाँ बग्छ निकै तातो पानी

सुनाखरी न्युज/ काठमाडौं –

प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् । सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो ।

 

यहाँ एक यस्तो नदीको चर्चा गरिएको छ, जहाँ तातो पानी बग्छ । कोही मानिस वा जीव त्यहाँ झुक्किएर पनि पुगेमा बाँच्ने सम्भावना कम हुन्छ भनिन्छ । पेरुमा एक यस्तो नदी छ । जहाँ तातो पानी बग्दछ । यस नदिको खोज भूवैज्ञानिक आन्द्रे रूजोले सन् २०११ मा गरेका थिए । यस नदिको नाम मयानतुयाकू नदी हो । यस नदीको खोज निकै अचम्म तरिकाले भएको नदीको बारेमा बताउँदै भूवैज्ञानिक आन्द्रे रूजोले बताएका छन् ।

 

यो नदी करिब ७ किलोमिटर लामो रहेको छ । यसको गहिराइ १६ फिट छ भने चौडाइ ८० फिट रहेको बताइएको छ । यस नदीबारे वैज्ञानिकहरूले अझै सोध जारी रहेको बताइएका छन् । टेलिग्राफको एक रिपोर्टका अनुसार अमेजन जंगलको बीचमा रहेको यस नदीमा सोल्ट रिभर र हट रिभर नामको दुई नदीहरू मिसिन्छन् । यस नदीको पानी ९० डिग्री सेन्टीग्रेडभन्दा बढी हुने गरेको बताइको छ । रूजोले यस नदीको बारेमा ‘द बायलिंग रिभर एडभेन्चर एन्ड डिस्कभरी इन द अमेजन’ नामको पुस्तक समेत प्रकाशन गरेका छन् । एजेन्सी