२०८१ आश्विन ७ , सोमवार

पोखरा २५ मा गठबन्धनको घरदैलो

गोबिन्द तिमिल्सिना/ हेमजा । पोखरा २५ हेमजामा आइतबारदेखि गठबन्धनका उम्मेवारहरुले सुरु गरेको घरदैलो अभियान निरन्तर चलिरहेको छ ।

 

गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य(नेकपा एस ) र उपमेयरकी उम्मेद्वार कोपिला रानाभाटले आइतबार हेमजाको याम्दिबाट सुरु गरेका थिए । ‘हेमजाको विकास , समृद्धि र रूपान्तरणको लागि हाम्रो उम्मेद्वारी’ भन्ने नाराका साथ गठबन्धन गरिएको हो । मेयर र उपमेयरमा गठबन्धन भएसँगै पोखरा २५ मा पनि गठबन्धन रहेको छ ।

 

मेयर उपमेयरसँगै पोखरा २५ वडा अध्यक्षमा नेपााली कांग्रेसका मोति तिमिल्सिना, वडासदस्यमा खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।