२०८१ आश्विन ६ , आइतवार

हाम्रो पोखरा,राम्रो पोखरा

बिपिसा पौडेल
गण्डकी बोर्डिङ स्कुल

माछापुच्छ्रे हिमालको काखमा अवस्थित हाम्रो प्यारो पोखरा सहर अत्यन्तै सफा,सुन्दर, शान्त अनि रमणिय रहेकोछ।यो गण्डकी प्रदेश कास्कीजिल्लामापर्ने एक महानगर हो।यसलाई पश्चिमी भागमापर्ने पहाडी क्षेत्रको एक उपत्यका मानिन्छ ।

 

यो नेपालको बिचमा पर्ने एक सहर पनिहो। यस सहरलाई वरिपरि घेर्नेजिल्लाहरू पर्वत, लम्जुङ, तनहु रस्याङजा हुन।यस सहरलाइ हरियाली डाँडाकाँडाहरुले घेरेको छ ।यसउपत्यकालाईअन्नपूर्ण क्षेत्रकोढोका मानिन्छ । यसको क्षेत्रफल ४६४।२वर्ग किलोमिटर रहेको छ। यहाँबाट माछापुच्छ्रेहिमालको छाया देखिन्छ।यस हिमालकोउचाइ६९९३मिटर रहेको छ। पोखरा भौगोलिक क्षेत्रफल र जनसंख्याका आधारमापहाडीभेगकोदोस्रोठूलोरकाठमाडौंपछिको व्यस्तसहरहो।यहाँको हावापानी र वातावरण स्वच्छरहेकोछ।धेरै मन लोभ्याउने दृश्यहरू भएका कारण विदेशी पर्यटकहरु पनि भ्रमणमा आउन रुचाउने गर्दछन।यसैसुन्दरताका कारण पोखरानेपालकै पर्यटकिय स्थलमध्यएकबन्न पुगेको छ।

पोखरामा प्राकृतिक तथा सास्कृतिक विविधता हरु धेरै रहेका छन।यस उपत्यकामा थुप्रैपहाड र तिनका बिचमा कलकल गर्दै बग्ने नदीहरू पर्दछन।पोखरालाई तालैतालको सहरपनि भनेर चिनिन्छ ।यहाँ सातवटा तालहरु रहेका छन् ।तिनीहरु फेवा ,बेगनास,रुपा ,खास्टे,शान्ति कुण्ड,दिपाङर मैदी ताल हुन् ।फेवा ताललाई नेपाल कै दोस्रो ठूलोताल भनेर चिनिन्छ ।यसको लम्बाइ ४किलोमिटर रहेको छ भनेचौडाइ ९किलोमिटर रहेको छ। यस तालको क्षेत्रफल४३वर्गकिलोमिटर रहेको छ। यस तालको वरिपरि घुम्न मिल्ने सुन्दर ठाउँहरू पनि बनाइएको छ।यस तालकोबिचमा तालबाराहीनामक मन्दिर अवस्थित छ ।मानिसहरू यहाँ दिनहुँ दर्शन गर्न र आनन्द लिन आउनेजाने गर्दछन्।यहाँकहिलेकाहीँ मेला लाग्ने गर्दछ। फेवातालको पानी पातले छागो हुँदै बाहिर निस्कन्छ।यस छागोको नाम एक देवीनाम गरेकी केटीको यहाँबाट खसेर मृत्युभएपछि राखीएको थियो । पातले छाँगो पनि फेवाताल जस्तै धेरै घुमिने ठाउँहरू मध्ये एक हो।

 पोखरामा ताल तथाछाँगाबाहेक अरु स्थल जस्तै महेन्द्रगुफा,चमेरी गुफा,विन्ध्यवासिनीमन्दिर, ऐनाघरआदि पनि रहेका छन् ।महेन्द्रगुफाबाटुलेचौरमा पर्नेआफैउत्पत्तिभएको एक गुफा हो । यहाँ मानिसहरु यसको सुन्दरता हेर्न आउने गर्दछन् ।विन्दवासिनी मन्दिर वडान। २ मिरूवामा पर्दछ । यहाँ शनिबारको दिन बढी भीड हुने गर्दछ । यहाँ मानिसहरुले विन्दवासिनी मन्दिरलाई राम्रोदेखाउनबगैचातथा पार्क निर्माण गरेका छन्।यहाँ सरस्वती मन्दिर, राधा कृष्ण मन्दिर, शिव मन्दिरर गणेशमन्दिर पनि रहेका छन्। यस मन्दिर बिस१८४२।मा निर्माण गरीएकोहो।यहाँसबै पूजा गर्न र दर्शन गर्न जान्छन् ।

 

 पोखरामा विभिन्नजातका मानिसहरू बसोबास गर्दछन् । यहाँ फरकफरकधर्म मान्ने भएपनि विभिन्नधार्मिककार्यक्रमएउटैपरिवारका सदस्य जसरी मिलेर मनाउँछन्।सबैसबैको चाड पर्वमा सहभागी भई रमाउने र खुशी हुने गर्दछन्। उनीहरू आफ्नो काममा लगनशील रहेकाछन्। सबैसँग मिलेर बस्ने मिलनसार तथा सबैलाई सहयोग गर्ने सहयोगी भावना भएका छन्।कसैलाई परेकोबेलामा सबैलाई सहयोगगर्दछन।। सबैले सबैको मान,सम्मान र इज्जतगर्ने स्वभावकारहेका छन्।
 पोखरामाबढी भन्दा बढीमानिसहरूपर्यटन क्षेत्रमा लागेका छन्।यहाँ विदेशी पर्यटकघुम्न,आनन्द लिन र मनोरञ्जनलिन आउँछन्।जसले पोखरा तथा यस देशलाई निकैफाइदा भएको छ।यहाँकामानिसहरूले पर्यटकहरूलाई सेवा सुविधाहरु खुशीसाथउपलब्धगराउँछन्। यसैगरी यहाँ धेरै भन्दाधेरै सुन्दर दृश्यभएकाले पर्यटन क्षेत्रमालागेकामानिसहरूको आम्दानीपनि राम्रो र बढी रहेको छ।यसका कारणपोखरा एक पर्यटन व्यवसायले प्रशिद्ध रहेकोछ।

पोखराका मानिसहरू फलफुल, अन्नवाली तथा तरकारीहरू पनि उब्जनीहुन्छ।पर्यटन व्यवसायबाहेकयहाँका मानिसहरू कृषिपेसामा लागेका छन् । यहाँतरकारी साग, सिमी, बोडी, लसुन, भेन्टाआदि उब्जनी हुन्छन्। यहाँ राम्रोमौसम भएकाले कोदो गहुँ, फापर, धान, मकै पनिहुन्छ।कृषकहरुले आफूलेउत्पादन गरेको केही बेचेर उनीहरुले यसलाई आम्दानीको स्रोत बनाएकाछन्।

 

पोखरानेपालको सानो शहरभएपनि यसको महत्व धेरै र उच्च कोटीमा रहेको छ। यसको सुन्दरताले मानिसहरूको मन आकर्षित गरेकोछ। जसरी हाम्रो शरिरमा आँखा सानो भएपनि यसले हामीलाई संसार देखाएको छ त्यसरी नै पोखरासानो भएपनीयसले पर्यटकहरु लाई आनन्द दिने काम गरेको छ। यसले पर्यटकलाई नभई यस देश नेपालका बासिन्दाले पनि आफ्नो मान,सम्मान र प्रतिष्ठा कमाउन मदत गरेको छ।अन्तःमाछपुच्छ्रेहिमालको काखमा अवस्थित हाम्रो पोखरा शहरअत्यन्तैसफा,सुन्दर,रमणिय अनिहरियाली रहेको छ।