२०८१ आश्विन १४ , सोमवार

काभ्रेमा टाटासुमो दुर्घटनामा ५ जनाको मृत्यु

सुनाखरी न्युज/ काभ्रे । काभ्रेमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । भारतीय तीर्थयात्री बोकेको बससँग ठोक्किएर भएको दुर्घटनामा सिन्धुलीबाट काठमाडौं आउँदै गरेको टाटासुमोमा सवार ५ जनाको मृत्यु भएको हो ।

 

दुर्घटनामा कमलामाई नगरपालिका ७ सिन्धुलीका २९ वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी ८ का ७ वर्षीया संगीता भूसाल र उनकी आमा २९ वर्षीया सम्झना भूसाल, सिन्धुलीको सुनकोसी गाउँपालिका १ का ४४ वर्षीय प्रमिला नेपाली र कमलामाई नगरपालिका ४ सिन्धुलीका अन्दाजी ४० वर्षीय हरिबहादुर बलको मृत्यु भएको हो ।

 

दुर्घटनामा १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको उत्तरप्रदेशका लागि छुटेको युपी ५७ टी ८१८१ बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ४२१० टाटासुमो रोशी गाउँपालिका वडा नम्बर ११ मा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।