२०८१ आश्विन ६ , आइतवार

कामपा मेयरका स्वतन्त्र उम्मेद्वार मधुसुदनको यस्तो योजना !

सुनाखरी न्युज/ काठमाडौं ।

मुलुकको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ठूला राजनीतिक दलसंगै स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि ठूलो छ । यस्तैमा एक हुनुहुन्छ मधुसुदन केसी खड्का ।

काठमाडौं नक्साल निवासी खड्काले काठमाडौं महानगरबासीले दैनिक भोगिरहेका समस्याहरु समाधान गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिनुभएको छ । उहाँले सवारी पार्किङदेखि सार्वजनिक शौचालयसम्मका बेथितिहरु समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

खड्काले आफ्नो चुनावी घोषणापत्रमा सार्वजनिक सडकमा अहिले चलिरहेको सशुल्क पार्किङ्गलाई पूर्णतः खारेज गरी निःशुल्क गरिनुका साथै अस्पताल, सार्वजनिक संस्थान र सरकारी कार्यालयहरुमा निःशुल्क पार्किङ्गको अनिवार्य व्यवस्था गर्नुपर्ने आवाज उठाउनुभएको छ ।
त्यस्तै सार्वजनिक शौचालयहरुमा उठाइँदै आएको शुल्क खारेज गरी निःशुल्क गरिनेछ । यसबाट शुल्ककै कारण भैरहको जथाभावी फोहर गर्नुपर्ने बाध्यता हटेर नगरको स्वच्छतामा सघाउ पुग्नेछ ।

खड्काको दावी छ कि– राजधानीका सार्वजनिक शौचालयमा शुल्क लिने व्यवस्थाले गोजीमा कम पैसा हुनेहरुले सडक किनार, मन्दिर वा पर्खालका भित्ताहरुमा फोहर गने गरेको र यसबाट शहर नै कुरुप बनेको छ । यसलाई निःशुल्क बनाउनैपर्छ ।

त्यस्तै उहाँले आफू विजयी भएमा काठमाडौं महानगरभित्र मेट्रो बस संचालन गर्ने र उक्त बसमा ज्येष्ठ नागरिक तथा विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको तथा ७५ वर्षभन्दा माथिकालाई ७५ प्रतिशत छुट र ८० वर्षभन्दा माथिकालाई पूर्ण निःशुल्क गरिने प्रतिबद्धता जनानुभएको छ ।

त्यसै गरी महानगरभित्र कक्षा ११ र १२ का लागि प्राविधिक शिक्षा अनिवार्य गरी दक्ष जनशक्ति तयार गरिनुका साथै विद्यालयहरुमा काठमाडौंको ऐतिहासिक–पौराणिक तथ्यहरुका पाठ्यक्रम तयारी पारी अनिवार्य अध्यापन गराइने उहाँको प्रतिबद्धता छ ।

खड्काले काठमाडौं उपत्यकालाई साँसकृतिक, धार्मिक र पर्या–पर्यटन पर्यटक केन्द्र वनाउने योजना समेत अगाडि सानुृभएको छ । यसवाट पर्यटन प्रवद्धृनमा टेवा पुग्नुकासाथै विदेशी मुद्रा आर्जनमा समेत टेवा पुग्ने उहाँको बिश्वास छ ।

यस्तो छ उहाँको घोषणापत्र