२०८१ आश्विन १४ , सोमवार

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व होः गृहमन्त्री खाण

सुनाखरी न्युज/  सप्तरी । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएके बताएका छन् ।

 

सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा आज उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न गराउन सुरक्षा निकायलाई निर्देशन पनि दिए । गृहमन्त्री खाणले लोकतन्त्रलाई मजबुत बनाउनका लागि आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह पनि गरे । निर्वाचन सम्पन्न भएपछि देशले परिर्वतनको गति लिने भन्दै नेपाली कांग्रेस लोकतन्त्रको रक्षा गर्ने पार्टी भएको बताए । गृहमन्त्री खाणले मुलुकमा लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसलाई मत दिन आग्रह पनि गरे ।

 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिनेशकुमार यादवले आगामी निर्वाचनमा समग्र नागरिकका एजेण्डालाई समेटेर अघि बढेकोले निर्वाचनपछि मुलुकको सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे । रासस