२०८१ कार्तिक १७ , शनिवार

प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षीयाको घाँटी रेटेर हत्या गर्ने फेनिललाई मृत्युदण्ड

सुनाखरी न्युज/ काठमाडौं –

भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ ।

 

यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए । यो हत्याकाण्डले धेरैलाई त्रासमा पारेको थियो । फेनिलका वकिलले अदालतसमक्ष यो मामिलामा मृत्युदण्डको सजाय नदिइयोस् भनेर अपिल गरेका थिए ।

 

तर न्यायाधीश विमल व्यासले यो मामिलामा मृत्युदण्डको सजाय सुनाए । एजेन्सी