२०८१ आश्विन १४ , सोमवार

फेस टु फेस टक सो गर्दै रेडियो अन्नपूर्ण

नारायण क्षेत्री/ पोखरा । रेडियो अन्नपूर्णर्ले फेस टु फेस टक सो, आयोजना गर्ने भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवारहरुसंग बैशाख २५ गते आइतबार छलफल गर्ने भएको हो ।

 

कार्यक्रममा पाँच दलिय गठबन्धनका तर्फबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्य, नेकपा एमालेबाट मेयरका प्रत्याशी कृष्ण थापा, राप्रपाबाट मेयर पदका आकांक्षी शंकर खराल, विवेकशील साझा पार्टीकी सुशिला केसी अधिकारी र स्वतन्त्र उम्मेदवार गनेश पौडेलसंग उनिहरुका चुनावी कार्ययोजनाका विषयमा संवाद हुने छ ।

 

बिहान ७ः३० बजेदेखि हुने कार्यक्रमको रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, रेडियोको फेसवुक पेज र पब्लिक एफएम ९९.६ मार्फत एक साथ प्रशारण हुने छ । निर्वाचनलाई लक्षित गरि रेडियोले यसअघि सञ्चालन गरेको इलेक्सन एक्सप्रेस हरेक दिन बिहान ९ देखि १० बजेसम्म प्रशारण हुँदै आइरहेको छ ।