२०८१ आश्विन १४ , सोमवार

सिन्दुरे खोलाको बगरमा पुरिएको अवस्थामा मोटरसाईकल फेला

सुनाखरी न्युज/ नुवाकोट । नुवाकोट जिल्लाको लिखु गाउँपालिका ६ स्थित सिन्दुरे खोलाको बगरमा बैशाख २१ गते सशस्त्र प्रहरीले प्रदेश ३–०२–००१ ब २५५ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाईकल पुरिएको अवस्थामा फेला पारेको छ ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक भाईमान राउत को कमाण्डमा निर्वाचन सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले उक्त बगरमा मोटरसाईकलको ह्याण्डिल जस्तो बस्तु देखिएपछि त्यस ठाउँमा खोजतलास गर्दा उल्लेखित नम्बरको सरकारी मोटरसाईकल फेला पारीएको हो ।

 

उक्त मोटरसाईकल आवश्यक अनुसन्धानको लागी नेपाल प्रहरीलाई बुझाईएको हो ।