२०८१ आश्विन १४ , सोमवार

पोखरा १९ एमालेका उम्मेदवार उत्साहित, प्रचार तिव्र

शिशिर पौडेल/ पोखरा । जनताको घरदैलोमा पुगेका नेकपा एमाले पोखरा १९ का उमेदवारहरू मतदाताको आशीर्वादले उत्साहित वनेका छन् । करिव एक हप्ता देखि जनताको घरदैलोमै समय विताएका उनीहरूले भोट मात्र मागेका छैनन् उनिहरूका गुनासा र सुझावलाई समेत टिपोट गरिरहेका थिए ।

 

वडाध्यक्षका उमेदवार इमानराज पौडेलले आफुहरू समग्र पोखरा १९ को विकासमा प्रतिवद्ध रहेको र अघिल्लो नेतृत्वले सुरुवात गरेका कामलाई निरन्तरता दिईने वताए । उमेदवार सहितको टोलिले आज पुरून्चौरको रैकर, अधिकारी थर, पौडेल थर,प्यान, लामाचौरको भुनपरे, गौतम थर लगायतका क्षेत्रमा घरदैलो गरि पार्टीको पक्षमा मत मागेका थिए ।

 

घर दैलोमा प्रदेश कमिटीका सचिवालय सदस्य माधव वास्तोला, सदस्य शोभामोहन पौडेल, उमनाथ गौतम, वलराम भण्डारी , वलराम गौतम, जिल्ला सदस्य एवं वडा ईन्चाज सुरेन्द्रमान सिह भण्डारी , अर्जुन अधिकारी , गिता गौतम तिवारी , महानगर कमिटी सदस्य लक्ष्मी अधिकारी , वडा कमिटीका अध्यक्ष विण्णु गौतम, सचिव विकास गौतम, पुर्व जनप्रतिनिधि तेज व अधिकारी ,निलकण्ठ वास्तोला, दुर्गा व केसी , शिक्षासेवी वैकुण्ठ पौडेल लगायतले देश र जनताको पक्षमा मत दिई पार्टी र समृद्धि विरोधीलाई पराजित गर्न आग्रह गरे ।
यही २४गते पोखरा महानगरका प्रमुख र उपप्रमुखका उमेदवार सहित जनताको घरदैलोमा जाने बताइएको छ ।