२०८१ आश्विन ६ , आइतवार

दुई सातादेखि महिला बेपत्ता

सुनाखरी न्युज/ कञ्चनपुर –

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ की चन्द्रा गुरुङ दुई सातादेखि बेपत्ता छिन्। परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केकी थिइन्।

 

उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्। श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन्। ‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन’, उनले भने। श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्। रासस