२०८१ मंसिर ८ , शनिवार

विश्वभरीको शेयर बजारमा ठूलो गिरावट, आईटीको शेयरमा बढी उतारचढाव

सुनाखरी न्युज/ काठमाडौं –

विश्व शेयर बजारमा आएको गिरावटको असर नेपाल, भारत लगायतका बजारमा पनि देखिएको छ । विहीबार नेपालको शेयर बजार करिब एक वर्षअघिकै विन्दु २२ सयमा नेपाल स्टक एक्स्चेञ्ज आइपुगेको छ ।

 

त्यस्तै, भारतको सेन्सेक्स र निफ्टी हप्ताको पाँचौं व्यापारिक दिन शुक्रबार भारी गरावट आएको छ । सेन्सेक्स १००० अंकभन्दा तल ५४,७०० तल छ । जबकि निफ्टी ३०० अंकको गिरावट संग १६,४०० तल झरेको छ । अमेरिकी बजारमा बिहीबार सन् २०२० यताकै सबैभन्दा ठूलो इन्ट्राडे गिरावट देखिएको छ । डाउ जोन्स १००० भन्दा बढी बिन्दुको गिरावटसँगै बन्द भयो । अमेरिकी फेड बैंकले ब्याजदर बढाएपछि अमेरिकी बजारमा यो गिरावट देखिएको हो । सेन्सेक्सका ३० मध्ये ४ वटा शेयर बढेका छन् भने २६ वटा घटेका छन् ।

 

सेन्सेक्सका ३० मध्ये ४ वटा शेयर बढेका छन् भने २६ वटा घटेका छन् । विश्वव्यापी शेयर बजार अवस्था डाउ जोन्स औद्योगिक औसत १,०६३.०९ अंक वा ३.१२ % घटेर ३२,९९७.९७ मा पुगेको छ । हङकङको इन्डेक्स ह्यान्सेङ ३ प्रतिशतभन्दा बढी तल झरेको छ । चीनको सांघाई इन्डेक्स पनि २ प्रतिशतभन्दा बढी घटेको छ । तर, जापानको इन्डेक्स निक्केई ०.५ प्रतिशतभन्दा बढी बढेको छ । एजेन्सी