२०८१ आश्विन १४ , सोमवार

पोखरा १९ मा एमाले उमेदवारलाई भ्याई नभ्याई

शिशिर पौडेल/ पोखरा । स्थानीय तहको मतदानको मिती नजिकिँदै गर्दा पोखरामा चुनावी सरगर्मि बढ्दै गएको छ । एमालेको गढको रूपमा चिनिएको पोखरा १९ मा एमालेका उमेदवार मात्र नभई नेता कार्यकर्ता पनि पछिल्लो एक साता देखि घरदैलो अभियानमा सक्रिय भएका छन् ।

 

वडाध्यक्षका प्रत्यासी इमानराज पौडेल, सदस्य विकास आचार्य , दुर्गादेवी वस्नेत, नवराज केसी र कल्पना सुनार सहितका नेता कार्यकर्ताले आज विहान अकला मन्दिरवाट घरदैलो शुरू गरेका थिए । घरदैलोका क्रममा ८० वर्षीया वृद्धााले उमेदवारलाई आशिर्वाद दिदै , एमाले आफ्नै सन्तान वरावर भएको र यसैमा आफुले मतदान गर्ने वताइन ।

 

एमाले प्रदेश कमिटीका सदस्य शोभामोहन पौडेल, वलराम भण्डारी, उमनाथ गौतम, वडा ईन्चाज सुरेन्द्रमानसिह भण्डारी , नेता हिमलाल पौडेल, लेखनाथ पौडेल, लक्ष्मी अधिकारी, गिता तिवारी , युवा नेता महेन्द्र अधिकारी , अर्जुन अधिकारी , रमेश सुनार, वावुराम सुनार लगायतले लामाचौरको विभिन्न क्षेत्रमा घरदैलो गरि एमालेको पक्षमा मत मागेका छन् । शनिबार मेयरका उमेदवार कृष्ण थापा उपमेयरका उमेदवार मञ्जुदेवी गुरूङ सहित घरदैलो र सभा गरिने प्रचार समितिले जनाएको छ।