२०८१ आश्विन १४ , सोमवार

नेपाली समसामयिक मौलिककला गोष्ठी सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रर्दशनी २०७९ को सन्दर्भमा आफ्ना विभागहरु मार्फत विभिन्न गतिविधिहरु सञ्चालन गर्ने योजना अनुरुप अन्र्तक्रियात्मक गोष्ठी सञ्चालन गरेको छ ।

 

यसै अवसरमा यही मिति २०७९ वैशाख २२ गते विहिबार चित्रकला विभागले विज्ञहरु माझ“नेपाली सम सामयिक कलामा मौलिकताको पहिचान”विषयक कार्य पत्र प्रस्तुत गरेको थियो । अध्ययन, अध्यापन र सिर्जनाका घरोहर सवैका गुरु प्रा.डा. अभि सुवेदीको प्रमुख आतिथ्यताम ाभएको उक्त गोष्ठीको सभापतित्व नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले गर्नुु भएको थियो भने स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सचिव विपिनकुमार घिमिरेले गर्नु भएको थियो । चित्रकला विभाग प्रमुख प्राज्ञ सषमा राज भण्डारीले कार्यक्रमको उद्धेश्य र औचित्य माथि प्रकाश पार्नुभयो ।

 

यसै गरि कार्यपत्र प्रस्तुत गर्दै डा. यम प्रसाद शर्माले पश्चिमा दर्शन र पुर्वीया दर्शन विच रहेका मौलिकताको पहिचानका विषयमा विभिन्न समयमा बनेका चित्रकलाहरु, पश्चिमाहरुले प्रयोग गर्ने शैली र रंगहरु, विश्वप्रतिद्ध चित्रकारहरुले बनाएका चित्रहरु र त्यसम ाप्रयोग भएका शैलिहरुको विषमा आफ्नो कार्यपत्र मार्फत प्रस्तुत गर्नु भएको थियो भने टिप्पणी कर्ता गणेश जि.सीले डा. शर्माले प्रस्तुत गर्नु भएको कार्यपत्र सुन्दा“आफ्नो दिब्य आफै खोल”भने झै भन्ने कुुरामा म पुुगे । हाम्रो नेपाली कला संस्कृतिलाइ पश्चिमाहरुले भारतिय आँखाले हेरी दिएको गुनासो गर्दै हाम्रो कला पनि महत्वपूूर्ण कलाको रुपमा स्थापित छ । उहाँले कतै हाम्रो कला प्रायोजित भएर त आएको छैन ?भन्दै प्रश्न समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले भन्नुभयो“नेपाली समसामयिककलामा मौलिकताको पहिचान विषयक आजको यो छलफलमा ज्यादै महत्वपूूर्ण प्रश्नहरु उठेका छन् । नेपालीकला र संस्कृतिलाइ अगाडि बढाउनका निमित्त लुुकेर रहेका कलाहरुका खोज अनसन्धान गरिनु जरुरि छ । यसमा यो प्राज्ञिक थलोबाट अवस्य पनि यसको पहल कदमी हुने कुरामा म विश्वस्त छु । अहिले ललितकलाले निकै नै प्रगति गरेको रहेछ । मैले यहाँ प्रकाशित पुुस्तकहरुको अध्ययन पनि गरे । यसले अध्ययन अनुसन्धानको पाटोलाई अगाडि बढाको देखिन्छ । नेपाली मौलिक कला अरु कसैको कला होइन, यो हाम्रो कलाहो । यसर्थ हाम्रो मौलिककला, परम्परा, संस्कृतिको व्यापक रुपमा खोज अनुसन्धन वहस चलाउनु जरुरी छ । आज प्रस्तुत कार्यपत्रले एउटा ढोका खोलि दिएको छ ।

 

यो विषयको शुुरुवात भएको छ । यति छलफल मात्र पर्याप्त छइन । यसैगरि टिप्पणी कर्ताले जुुन प्रश्न गर्नुु भयो अत्यन्तै राम्रो प्रश्न उठाउनु भएको छ । यस विषयमा हामीले थप अनुसन्धान गर्नुु जरुरी छ भन्नुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो भने कुलपति के.के कर्माचार्यले आफ्ना भनाइ सहित कार्यक्रको समापन गर्नु भएको थियो ।