२०८१ आश्विन १४ , सोमवार

पाेखरा १९ मा एमालेकाे चुनावी सभा, महा गठवन्धन भएपनि जित सुनिश्चितः नेता सुनार

शिशिर पाैडेल/ पाेखरा । नेकपा एमाले निर्वाचन परिचालन कमिटी पाेखरा १९ ले लामाचाैरमा चुनावी सभा गरेको छ । सभालाई सम्वाेधन गर्दै एमालेका पाेलिट्व्युराे सदस्य जगत व सुनारले देशव्यापी रूपमा देखिएको जनलहरले एमालेकाे जितलाई सुनिश्चित गरेकाे वताएका छन् ।

 

उनलेे एमाले विरूद्ध वनेकाे गठवन्धन दिनप्रतिदिन कमजोर वनेकाे दावी गर्दै , विवेकशील जनताले विवेक प्रयाेग गर्ने र याे गठवन्धनलाई यश पटक पनि धुलाे चटाई दिने वताए । कम्युनिस्ट अान्दोलनलाई नै सिध्याउन लागि परेकाकाे दिनगन्ती शुरू भएको छ नेता सुनारले भने जनता गठवन्धन हाेईन समृद्धि चाहान्छछन् । मेयरका प्रत्यासी कृष्णबहादुर थापाले समृद्ध पाेखरा निर्माणका लागि आफुले थुप्रै याेजना सार्वजनिक गरेको वताउदै , त्यसकाे कार्यन्वयनका लागि एमालेकाे जीत आवश्यक रहेको वताए । थापाले पाेखरा १९ का अधिकास ग्रामीण क्षेत्रमा सुरुवात भएका विकासका पुर्वाधारलाई निर्माण सम्पन्न गर्न वडासँग समन्वय गरिने वताए ।

उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरूङले आफुले ५वर्षको कार्यकालमा थुप्रै काम गरेकोे वताउदै थप समृद्ध पाेखरा निर्माणका लागि सुर्यमा मतदान गर्न आग्रह गरिन् । एमाले कास्कीका अध्यक्ष मन व गुरूङले पाेखराकाे व्यवसित विकासको याेजना एमाले सगमात्र भएको दावी गरे। वडाध्यक्षका एमाले उमेदवार इमानराज पाैडेलले जनताकाे सिरलाई उचाे राख्ने गरि जनजिविकाका याेजनालाई प्रथामिकताका साथ अगाडि वढ्ाउने वताए । उनले लामाचाैरकाे भलवाढी नियन्त्रण , सिचाइका लागि नहर निर्माण , वडाभित्रका सवै क्षेत्रमा व्यवस्थीत सडक, भुनपरेकाे पहिराे नियन्त्रण , कृषि उत्पादनमूलक कार्यलाई प्रााथामिकता दिने लगायतका पुर्वाधार कार्यलाई अगाडि वढाउने प्रतिवद्धता जनाए । उनलेे कर्मचारीका कारण कुनै पनि सेवाग्राहीकाे काम समयमै नहुने समस्यालाई अन्त्य गरि तत्काल सेवा दिने वताए ।

 

एमाले वडा कमिका अध्यक्ष विष्णुप्रसाद गाैतमकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सदस्य शाेभामाेहन पाैडेल, जिल्ला सदस्य एवं वडा ईन्चाज सुरेन्द्रमानसिह भण्डारी , उपाध्यक्ष धर्ममानसिह भण्डारी , सचिव विकास गाैतम लगायतले सुखी र समृद्ध पाेखरा निर्माणका लागि एमालेकाे नेतृत्व अावस्यक रहेकाे वताए । कार्यक्रममा जनसास्कृतिक मञ्चका जीवन दाहाल सहिका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।