२०८१ आश्विन १४ , सोमवार

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

 

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए । रासस