२०८१ आश्विन १४ , सोमवार

उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश

सुनाखरी न्युज/ तनहुँ । तनहुँ शुक्लागण्डकीमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी,लेनिनवादी ) बाट उपमेयर पदका उम्मेदवार शिव प्रसाद लम्साल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराएका हुन ।

 

शिव प्रसाद लम्सालले आफ्नो उम्मेदवारी कायम नरहेको र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार कृष्ण राज पण्डित सहितको गठबन्धन टिमलाई समर्थन सहित सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

 

नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन ।