सुनाखरी न्युज/ काठमाडौं । ८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोलाकम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सवमनाएको छ ।
यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन्। आज यो पेयपदार्थ करोडौँ मानिसहरुको प्रियभएको छ । संसारमा सायदै कोहीहोलान् जसले कोकाकोलाको ‘टेस्ट दिफिलिङ’नसुनेको होलान् । यो पेयपदार्थ आफैमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाचीभइसकेको छ । कोकाकोलाको स्वादआफैंमायुनिक छ, र यसले आफ्नाविश्वभरिका उपभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराएजस्तै स्वाददिदैं आएको छ ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादनगर्दै आएको कोका–कोलाले नेपालमाकरिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मादुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो । नेपाली उपभोक्ताहरु संगको आफ्नो सम्बन्धबलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायतीविकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ माआफ्नो सबैभन्दासानो र पोर्टेबल कान्छु प्याकलन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबिबोतलमा रु.२५ माउपलब्ध रहेको थियो। नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्धअझै आत्मीयबनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सन्चालनगरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमामोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको छ।
कोका–कोलाले आफ्नो व्यापारलाई सदैव दिगो तरिकाले सन्चालन गर्न प्रयास गर्छ र यसले सन् २०२१ माफोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तिकरणलाई ध्यानमा राखेर सन्चालनगरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदनपनि सार्वजनिक गरेको थियो । आफ्नो “ वर्ल्ड विदाउट वेष्ट“ को विश्व–व्यापी उद्धेश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादनप्रकृयामा प्लास्टिकको प्रयोग कमगर्दै आएको छ। साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानीकम गर्ने रणनितिको सफलकार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापनाभएको छ। त्यस्तै ,आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्तबनाउने उद्देश्य सहितयसले सक्षमथिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रापसल र सानाखाजा घरहरु सन्चालनगर्दै आएका १००० जनामहिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्यलिएको छ ।