२०८१ पुष १२ , शुक्रवार

शिवम् सिमेन्ट्सको नाफा ४०% ले घट्यो

सुनाखरी न्युज/ काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ३९.९३ प्रतिशत घटेको हो ।

 

कम्पनीको आम्दानी घटेर खर्च बढेसँगै खुद नाफा घट्न पुगेको हो । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी घटेर १९.८४ रुपैयाँमा सुंकुचित भएको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८९ गुणा छ ।

 

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि १.३८ प्रतिशत घटेर ७ अर्ब २५ करोड ३३ लाख ९२ हजार रुपैयाँमा झरेको छ । कुल आम्दानी पनि १.४० प्रतिशत घटेर ७ अर्ब २९ करोड ९ लाख १६ हजार रुपैयाँ रहेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको कुल खर्च ६.९४ प्रतिशत बढेको छ । गत आवको यसै अवधिमा ६ अर्ब ९ करोड ३१ लाख २६ हजार रहेको कम्पनीको कुल खर्च ६ अर्ब ५१ करोड ६० लाख १७ हजार रुपैयाँ पुगेको छ ।