२०८१ पुष १२ , शुक्रवार

पाँच हजार मदिरा कम्पनीको प्रतिस्पर्धामा गोल्ड र डबल गोल्ड मेडल उत्कृष्ट साबित

सुनाखरी न्युज/ काठमाडौं । यती डिस्टिलरी प्रालिका उत्पादनहरुले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा उत्कृष्ट साबित भई दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन्।

 

यतीका उत्पादनहरु ८८४८ भोडका र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वल्र्ड स्पिरिट कम्पिटिसन (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त कम्पिटिसनमा संसारभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो । मदिरा पारखीमाझ निकै लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो । हालसम्मकै सबैभन्दा बढी प्रतिस्पर्धीहरुको सहभागिता रहेको वल्र्डस्स्पिरिट कम्पिटिसनमा यती डिस्टिलरीका यी उत्पादनहरु उत्कृष्ट साबित भई मेडल जितेका हुन्।

 

एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ । प्रतिस्पर्धाका सहभागीलाई पूर्वनिर्धारित मापदण्डका आधारमा कास्य (ब्रोन्ज), रजत (सिल्भर), स्वर्ण (गोल्ड), दोहोरो स्वर्ण (डबल गोल्ड) र प्लेटिनम मेडल दिइने आयोजकको भनाइ छ । विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरुले गत अप्रिलमा दुई हप्ता समय लगाएर ५००० कम्पनीका मदिराहरुको मूल्यांकन गरेका थिए । सन् २००० देखि सुरु भएको सान फ्रान्सिस्को वल्र्डस्स्पिरिट कम्पिटिसन उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो ।

 

यती डिस्टिलरी बारे
शान्तकुमार श्रेष्ठले सन्१९७० को दशकमा सुरु गरेको साबिकको शंकर डिस्टिलरी प्रालि सन् २००३ मा नाम परिवर्तन गरी यती डिस्टिलरी बनेको हो । सन्२०१५ मा यती आफ्नो फ्ल्यागसिप ब्लेन्डहरु ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काका साथ बजारमा प्रवेश ग¥यो । अहिले यो विभिन्न प्रिमियम ब्रान्डहरुका साथ नेपालको नेतृत्वदायी मदिरा कम्पनी बनेको छ ।

 

यति डिस्टिलरी उपभोक्ता, समुदाय र सामाजिक आवश्यकताहरुप्रति सम्वेदनशील उद्यमको रुपमा रहेको छ । कम्पनी उत्कृष्ट मदिरा उत्पादक र बिक्रेता एवं सन्तुलित जीवनशैलीको एक हिस्साको रुपमा जिम्मेवार उपभोगको प्रेरक हुन पाएकोमा गर्व गर्दछ ।