२०८१ मंसिर ७ , शुक्रवार

सेयर बजार अब एकैचोटी मंगलबार मात्रै खुल्ने, कस्तो होला चुनाव पछिको बजार ?

सुनाखरी न्युज/ काठमाडौं ।
शेयर बजार अब एकैचोटी मंगलबार मात्रै खुल्ने भएको छ । शुक्रबारदेखि आउँदो सोमबारसम्म सार्वजनिक बिदा परेको हुँदा बजार बन्द हुने भएको हो।

सरकारले शुक्रबार निर्वाचनको लागि सार्वजनिक बिदा दिएको छ। भोलिपल्ट अर्थात् वैशाख ३१ गते शनिबार परेको छ भने जेठ १ गते आइतबार पनि सार्वजनिक बिदा घोषणा गरिएको छ।

जेठ २ गते सोमबार बुद्ध जयन्तीको अवसरमा पनि सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ। यसर्थ, बिहीबार पछि नेप्से एकैचोटी आउँदो साताको मंगलबार अर्थात् जेठ ३ गते मात्रै खुल्नेछ।

 

हाल बजारमा उतारचढाव देखिए पनि धेरैको अपेक्षा चुनाव पछि बजार बढ्न सक्छ भन्ने छ। यसबारे नेपाल ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनाली भन्छन्, ‘बजारले कुन गति लिन्छ भन्ने ठ्याक्कै भन्न सकिन्न तर अहिले चुनावका कारण गाउँ-गाउँमा भइरहेको खर्च चुनावपछि बैंकिङ प्रणालीमा आउने र आर्थिक वर्ष सकिन लागेकाले सरकारी खर्च पनि बढ्ने भएकोले यसको बजारमा सकारात्मक प्रावभ पर्छ कि भन्ने हो।’

आयातमा गरिएको कडाइले आयातमा जाने कर्जा कम हुने, निक्षेप र कर्जाको अनुपातमा हाल देखिएको दबाब सहज हुने, र विदेशी मुद्रा सञ्चितीमा हाल भइरहेको ह्रासमा कमि आएर मुलुकको आर्थिक अवस्थामा पनि सुधार आउने उनको अपेक्षा छ।