२०८१ आश्विन १४ , सोमवार

दीपक र अनिता वने अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष

सुनाखरी न्युज/ गोरखा ।

अजिरकोट गाउँपालिका, गोरखामा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा निर्वाचित भएका छन् ।  देवकोटा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका गीताकुमारी पोखरेलले ३५५ मत पाइन् ।

२०७४ को चुनावमा देवकोटा तेस्रो थिए । कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको थियो ।

 

यो पटक प्रमुखसँगै उपप्रमुख पनि माओवादी केन्द्रले जितेको छ । सोमबार सकिएको मत गणनामा माओवादीकी अनिता भुजेल ३ हजार ५३२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्र गुरुङले ३ हजार ३६१ र एमालेका शेखरनाथ न्यौपानेले ५१३ मत पाए ।

अजिरकोटको १, २ र ३ न. वडामा केकपा एमाले तथा ४ र ५ नं वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अजिरकोटको चर्चित हंसपुर (वडा नं ३) मा काफलडाँडाका माओवादी केन्द्रका युवा  नेता वावुराम अधिकारीले वाजी मारेका छन् । उनले नेपाली काँग्रेसमा उम्मेदवार रेशम गुरुङलाई पछि पार्दै वडामा युवा प्रतिनिधित्व सुनिश्चित गरेका हुन् ।