२०८१ आश्विन १४ , सोमवार

करेन्ट लागेर मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने लमजुङ सुन्दरबजार नगरपालिका-५ घर भएका ४५ वर्षीय दिल बहादुर गुरुङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

 

आफ्नै कोठा बाहिर फलामको डण्डी राख्ने क्रममा बिजुलीमा छुन गई अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।