२०८१ आश्विन १४ , सोमवार

लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि तालिम

नारायण क्षेत्री/ पोखरा । पोखरामा लागुऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । रिकभरिङ्ग नेपाल–गण्डकीको आयोजनामा भएको कार्यक्रममा डा. नीभा अमात्यले लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सहजीकरण गरेकी थिइन् भने अधिवक्ता ईश्वर परियारले लागू–औषध ऐन २०३३ सम्बन्धी प्रस्तुति राखेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजीव पहारीले आवश्यक सहयोग–समन्वय तथा साथको लागी सरकार प्रतिबद्ध रहेको बताए । संस्थाका केन्द्रिय अध्यक्ष दिलिप गुरुङले संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । रिकभरिङ्ग नेपाल गण्डकीका अध्यक्ष विकास बरुवाल क्षेत्रीले रिकभरिङ्ग नेपाल एक स्वस्थ संस्था रहेको उल्लेख गर्दै आगामी दिनहरुमा पनि संस्थाले सचेतना सम्बन्धि कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रम संयोजक देवेन्द्रकुमार गुरुङ्गले सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिए । सो अवसरमा सहभागीहरुले आ–आपना अनुभव समेत साटा–साट गरेका थिए । सन् २००६ मा सुरु भएको संस्थाले लागू औषध नियन्त्रण तथा रोकथाम, मानव अधिकार र सम्भावित क्षति न्यूनीकरणमा केन्द्रित रहेर कार्य गर्नुका साथै नेपालमा भएका पुनस्र्थापना केन्द्रहरुको राष्ट्रिय स्तरको संजाल संगठनको रुपमा समेत काम गर्दै आइरहेको छ ।