२०८१ आश्विन १४ , सोमवार

जिवनको कथा मेरो डायरीमा

गोबिन्द राज ओझा (साजन )

जिवनको कथा मेरो डायरीमा लेखिरहेको छु।
जो लेखे मैले तिमिलाई पढन दिएको छु।

 

जिवनको कथा मेरो डायरीमा लेखिरहेको छु।
सितल हावा सँग यो मन शान्त बनाएको छु।

यो फुलको थुङ्गा तिम्रो लागि सजाएर राखेको छु।
तिमिलाई हेरेर यो मेरो मनलाई खुसि बनाएको छु ।

 

जिवनको कथा मेरो डायरीमा लेखिरहेको छु।
यो जिवन जिउन मैले तिम्रो साहरा खोजेको छु ।

 

तिम्रो हालखबर सोध्न तिम्रो समिप पुगेको छु।
तिमिलाई सधै साथ दिने कसम मैले खाएको छु ।

 

नाम – गोबिन्द राज ओझा (साजन )
ठेगाना :- दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल