२०८१ मंसिर १२ , बुधवार

रिभर फल्सको आईपीओ बाँडफाँट, करिब ५० हजारको आवेदन रद्ध

सुनाखरी न्युज/ काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे कार्यलयमा सोमबार साँझ ४ बजे शेयर बाँडफाँट भएको हो ।

 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १८ लाख ५९ हजार २४२ जना आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताको लागि आवेदन परेको छ । त्यसमध्ये ४९ हजार ९८३ जनाको आवेदन रद्द भएको क्यपिटलले जनाएको छ । त्यस अनुसार १८ लाख ९ हजार २५९ जनाको मात्रै योग्य आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले शेयर पाएका छन् ।

 

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारणलाई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण भएको हो ।