सुनाखरी न्युज/ काठमाडौं –
अमेरिकाको टेक्ससस्थित एक प्राथमिक स्कूलमा भएको गोलीबारीमा १८ बालबालिकासहित एकजना शिक्षिकाको मृत्यु भएको छ । १८ वर्षीय संदिग्ध बन्दुकधारी साल्भाडोर रामोसले उभाल्डे सहरको रोब इलिमेन्टरी स्कूलमा उक्त घटना गराए । कानुनी निकायको कारबाहीमा उनको मृत्यु भएको छ ।
संदिग्धले सेमी अटोमेटिक राइफल र ह्यान्डगन बोकेको अनुसन्धानकर्ताहरूले बताएका छन् । गोलीबारी उक्त प्राथमिक विद्यालयमा भएको थियो जहाँ ५ देखि ११ वर्षका बालबालिका थिए । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ । एसोसिएटेड प्रेस समाचार एजेन्सीले बताए अनुसार मंगलबार बिहान जब गोलीबारी सुरु भयो तब युएस बोर्डर पेट्रोलका कर्मचारी घटनास्थल नजिकै उपस्थित थिए । त्यसैले उनीहरु तुरुन्त स्कूल पुगे र उनीहरुले ब्यारिकेडको पछाडि भएका आक्रमणकारीलाई मारे ।
स्थानीय सञ्चारमाध्यमले बताए अनुसार उनी सोही क्षेत्रको उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए भन्ने अनुमान गरिएको छ । उनले दुईवटा मिलिटरी ग्रेड राइफल किनेका थिए र स्कूल जानुअघि हजुरआमाको हत्या गरेका थिए । विद्यालयको क्याम्पस भित्रका अवरोधहरू तोड्दै उनले कार घुसाएका थिए र बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा प्रवेश गरेका थिए । यसलाई सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा भयानक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ । सन् २०१२ मा कनेक्टिकटको स्यान्डी हुकको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा २० बालबालिका र ६ जना कर्मचारीको मृत्यु भएको थियो । सीबीएसका अनुसार संदिग्धसँग एउटा ह्यान्डगन, एआर(१५ सेमी(अटोमेटिक राइफल र धेरै म्यागजिनहरू थिए ।
विद्यालयमा ५ सय बालबालिका अध्ययनरत थिए
उभाल्डे कन्सोलिडेटेड इन्डिपेन्डेन्ट स्कुल जिल्ला प्रहरी प्रमुख पीट अर्डोडोनले स्थानीय समय अनुसार दिउँसो ११स्३० बजे गोलीबारी सुरु भएको बताए । आक्रमणकारी एक्लैले यो जघन्य अपराध गरेको’ अनुसन्धानकर्ताहरूको विश्वास छ । उभाल्डे कन्सोलिटेडेट इन्डिपेन्डेन्ट स्कूल डिस्ट्रिक्ट स्यान एन्टोनियो शहरबाट करिब १३५ किलोमिटर टाढा छ । स्कूलबाट विद्यार्थीलाई निकालिएको र यसमा करिब ५ सय बालबालिका पढ्ने गरेको बीबीसीलाई बताइएको छ । स्थानीय अस्पतालहरूले विद्यालयका विद्यार्थीहरूको आकस्मिक सेवाबाट उपचार भइरहेको जानकारी दिएका छन्।
६६ वर्षीया महिला र १० वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको विश्वविद्यालय स्वास्थ्य अस्पतालका अधिकारीहरूले बताएका छन् । उभाल्डे मेमोरियल अस्पतालले फेसबुकमा १३ जना बालबालिकालाई एम्बुलेन्स वा बसबाट अस्पताल ल्याएको जानकारी दिएको छ । उभाल्डेका मेयर डन म्याकलफलिनले एबीसी न्यूजसँग टेक्स्ट मेसेजमा भने, ‘यो निकै खराब स्थिति हो ।’ सीबीएसका अनुसार एफबीआईले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ ।
राष्ट्रपति बाइडेनले के भने ?
ह्वाइट हाउसमा आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो गोलीबारीबारे कुरा गर्दा गर्दा आफू थाकिसकेको बताएका छन् । उनले बन्दुकमाथि नियन्त्रणबारे पनि कुरा गरे । उनले ह्वाइट हाउस र अन्य अमेरिकी संघीय भवनहरूमा उभाल्डे पीडितहरूको सम्मानमा झण्डा आधा झुकाउन आदेश दिएका छन् । बाइडेनले भने, ‘यस्तो प्रकारको सामूहिक गोलीबारी संसारमा निकै विरलै हुन्छ । किन ? अन्य देशहरूमा मानसिक स्वास्थ्य समस्या छ, उनीहरूमा घरेलु विवादहरू छन् । तर अमेरिकामा जस्तो बारम्बार यस्तो गोलीबारी हुँदैन। यस्तो खालको मारकाटका बीच हामी यसरी किन बस्न चाहन्छौँ ? ’
उनले भने, ‘हामीले किन यो निरन्तर हुन दिइरहेका छौं ? अब यो पीडालाई कार्यमा परिणत गर्ने समय आएको छ । प्रत्येक अभिभावकको लागि, यो देशका प्रत्येक नागरिकको लागि । हामीले यस देशका प्रत्येक निर्वाचित अधिकारीलाई अब काम गर्ने समय हो भनी स्पष्ट पानु पर्छ ।’ बाइडेनले भने, ‘हतियारका लागि नयाँ कानुनमा अवरोध गर्नेहरूका लागि समय आएको छ । हामीले तपाईंलाई भन्नुपर्छ कि हामीले यो बिर्सनेछैनौँ । हामीले धेरै गर्न सक्छौँ र हामीले यस्ते गर्नैपर्छ ।’ अमेरिकाको टेक्ससस्थित एक प्राथमिक स्कूलमा भएको गोलीबारीमा १८ बालबालिकासहित एकजना शिक्षिकाको मृत्यु भएको छ ।
१८ वर्षीय संदिग्ध बन्दुकधारी साल्भाडोर रामोसले उभाल्डे सहरको रोब इलिमेन्टरी स्कूलमा उक्त घटना गराए । कानुनी निकायको कारबाहीमा उनको मृत्यु भएको छ । संदिग्धले सेमी अटोमेटिक राइफल र ह्यान्डगन बोकेको अनुसन्धानकर्ताहरूले बताएका छन् । गोलीबारी उक्त प्राथमिक विद्यालयमा भएको थियो जहाँ ५ देखि ११ वर्षका बालबालिका थिए । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीले बताए अनुसार मंगलबार बिहान जब गोलीबारी सुरु भयो तब युएस बोर्डर पेट्रोलका कर्मचारी घटनास्थल नजिकै उपस्थित थिए । त्यसैले उनीहरु तुरुन्त स्कूल पुगे र उनीहरुले ब्यारिकेडको पछाडि भएका आक्रमणकारीलाई मारे । स्थानीय सञ्चारमाध्यमले बताए अनुसार उनी सोही क्षेत्रको उच्च माध्यमिक विद्यालयका विद्यार्थी थिए भन्ने अनुमान गरिएको छ । उनले दुईवटा मिलिटरी ग्रेड राइफल किनेका थिए र स्कूल जानुअघि हजुरआमाको हत्या गरेका थिए ।
विद्यालयको क्याम्पस भित्रका अवरोधहरू तोड्दै उनले कार घुसाएका थिए र बुलेटप्रुफ ज्याकेट लगाएर कक्षामा प्रवेश गरेका थिए । यसलाई सन् २०१२ यता विद्यालयमा भएको सबैभन्दा भयानक गोलीकाण्डको रूपमा वर्णन गरिएको छ । सन् २०१२ मा कनेक्टिकटको स्यान्डी हुकको एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा २० बालबालिका र ६ जना कर्मचारीको मृत्यु भएको थियो । सीबीएसका अनुसार संदिग्धसँग एउटा ह्यान्डगन, एआर(१५ सेमी(अटोमेटिक राइफल र धेरै म्यागजिनहरू थिए । बीबीसी