२०८१ मंसिर ७ , शुक्रवार

कहिले सार्वजनिक होला टाटाको नयाँ एच ५ ?

सुनाखरी न्युज/ काठमाडौं । अटोमोबाइल क्षेत्रमा टाटा मोटर्स आफ्नो पहिचान बनाउन सफल अटोमोबाइल कम्पनी हो। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले विभिन्न समय नयाँ उत्पादन र नयाँ मोडलका गाडीहरू सार्वजनिक गर्दैछ। टाटाले ग्राहकहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै गाडी सार्वजनिक गर्दैछ।

 

टाटा मोटर्सको मिड(साइज एसयुभी सेग्मेन्टको एच(५ बजारमा निकैरुचाइएको गाडी हो। पहिलो पटक सन् २०१८ मा सार्वजनिक एच(५ले ग्राहकहरूको मन जित्त सफल छ। पछि सन् २०१९ मा पनि केही थप विशेषताहरूसहित एच(५ सार्वजनिक गरिएको थियो। सन् २०२० को जनवरीमा पुनः परिमार्जनसँगै सार्वजनिक गरिएको एच(५ सन् २०२३ मा भने थप अद्यावधिक सुविधाहरूसँगै सार्वजनिक हुने बताइएको छ। टाटा एच(५ को बाहिरी आवरणसँगै भित्री विशेषताहरूका कारण ग्राहकहरूको रोजाइमा पर्दै आएको छ। टाटा मोटर्सका अनुसार नयाँ एच(५ फेसलिफ्ट सहित सार्वजनिक हुँदैछ।

 

अर्थात् गाडीमा विशेषताहरू अद्यावरण र थप गर्नुसँगै यसको बाहिरी स्टाइलमा पनि परिवर्तन हुनेछ। कम्पनीले नयाँ एच(५बारे सम्पूर्ण विशेषता भने सार्वजनिक गरेको छैन। गाडीको बाहिरी स्टाइलिङमा परिमार्जन हुनेछ। जसमध्ये मुख्य यसको बाहिरी स्टाइलिङ हुनेछ। टाटा मोटर्सले एच(५ २०२३ को बाहिरी आवरण अद्यावरण ९अपडेट० गर्नेछ। यसको अगाडि भागमा हुने ग्रिल पुनः डिजाइन गरिएको हुनेछ भने गाडीमा नयाँ हेडल्याम्प क्लस्टर हुनेछ। साथै,कम्पनीले अगाडिको बम्परमा पनि केही परिवर्तन गर्ने अनुमान लगाउन सकिन्छ।

 

यसबाहेक नयाँ एच(५मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ। गाडीको अगाडि भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ। टाटा मोटर्सले नयाँ एच(५को बाहिरी आवरण र स्टाइलिङसँगै अन्य आन्तरिक विशेषताहरूमा पनि परिमार्जन र अद्यावरण गर्ने जनाइएको छ। सबैभन्दा पहिले गाडीमा अद्यवारण गरिएको इन्फोटेनमेन्ट र स्टियरियो प्रविधि हुने बताइएको छ। नयाँ इन्फोटेनमेन्ट प्रणाली ठूलो डिस्प्लेको साथ आउनेछ। र,एच ५को मानक दायरामा आइआरए जडान कार टेक प्रदान गर्ने बताइएको छ। थप रूपमा, अद्यावधिक गरिएको प्याकेजले ३६० डिग्री पार्किङ क्यामेरा पनि समावेश गर्नुपर्ने अनुमान छ। बगाडीमा हुने एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम ९एडिएएस० एच(५को उपकरणहरू मध्ये सबैभन्दा ठूलो हुनेछ। एडिएएस सुविधा अहिले प्रायः एसयुभीमा सामान्य हुँदैछ।

 

टाटा मोटर्सले नयाँ एच ५ २०२३ निर्माण समय सुरक्षा विशेषतालाई थप ध्यानमा राख्दै निर्माण गर्ने बताएको छ। टाटाको प्रायः गाडीहरूले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा राम्रो प्रदर्शनी गर्दैछ। टाटा मोटर्स सुरक्षाको मामिलामा ग्राहरकहरूको मन जित्न सधैं अग्रपन्तिमा छ। नयाँ एच ५ मा पेट्रोल इन्जिन हुने अपेक्षा छ। योसँगै गाडीको हुडमा पनि परिवर्तन देखिनेछ। नयाँ एच ५ १.५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा संचालित हुनेछ। हाल बजारमा उपलब्ध एच५मा २.० लिटर क्रियोटेक डिजेल मोटर इन्जिन जडित छ। जसले १६८ बिएचपी पावर र ‍३५० एनएम टर्क जेनेरेट गर्छ। नयाँ पेट्रोल इन्जिन जडित एच ५ म्यानुअल र अटोमेटिक ट्रान्समिसन विकल्पमा उपलब्ध हुनेछ।

 

यसरी थप अद्यावरण सहितको नयाँ एच ५ सन् २०२३ को सुरूमै भारतीय बजारको शोरूमहरूमा उपलब्ध हुने अपेक्षा छ। फेसलिफ्ट सहितको यो नयाँ एच ५ को सुरूवाती बजार मूल्य १४ लाख भारतीय रूपैयाँमा हुने अनुमान छ। यद्यपि टाटा मोटर्स आफैले भने यसबारे कुनै खुलासा गरेको छैन।